केराबारी–१ र कटहरी–१ मा एमाले विजयी

केराबारी–१ र कटहरी–१ मा एमाले विजयी

केराबारी । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका वडा नंं. १ र कटहरी गाउँपालिका–१ मा मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।

केराबारीमा एमाले गाउँकमिटिका उपसचिव शरण मगरले ६६२ मत प्राप्त गरि कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । काँग्रेसको मत ६४८ आएको छ । वडामा एमालेको एक महिला सदस्यको मनोनयन खारेज भएकोले एक महिलाबाहेक प्यानल नै जितेको छ ।
पालिका अध्यक्षमा एमालेलाई ६७२ मत, कांग्रेसलाई ६२६ मत र माओवादी केन्द्रलाइ २० मत खसेको छ ।

कटहरी–१ मा एमाले हरि नारायण राजबंशीले १०९ मत अन्तरले विजयी भएका छन् । उनले ९६० मत पाएका हुन् । काँग्रेसका विश्वनाथ माझी पराजित भएका छन् । यो वडा अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको थियो । यसैगरी सुनवर्षि नगरपालिका वडा नं १ वडाअध्यक्ष नेपाली काँग्रेसका विर बहादुर राईले १२११ मत ल्याएर विजयी भएका छन्। एमालेका हेम राईले १०३७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्