विजयी भएको सुन्न नपाई मृत्यु

विजयी भएको सुन्न नपाई मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। यस अगाडी पनि वडा सदस्य रहेका उनी पुनः विजयी भएका छन् । तर, त्यसको नतिजा सुन्न पाउँदै मृत्यु भएको छ ।

मधुमेह र उच्चरक्तचापका विरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो। अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्