मोरङको ४ गाउँपालिकामा २६ जना निर्वाचित

मोरङको ४ गाउँपालिकामा २६ जना निर्वाचित

विराटनगर । मोरङको कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् ।

काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी-१ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी-७ मा एमालेका मोहन प्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यसै गरी धनपालथान गाउँपालिका-१ मा माओवादी केन्द्रका खाजा हुसेन मियाँले ५ सय ८२ मत ल्याएर वडाध्यक्षमा जितेका छन् । सुनवर्षी नगरपालिका १ मा काँग्रेसका वीर बहादुर राईले १ हजार २ सय ११ मत ल्याएर वडाध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्