रंगेलीमा पत्रकार बरालमाथि काँग्रेस कार्यकर्ताद्वारा कुटपिट

रंगेलीमा पत्रकार बरालमाथि काँग्रेस कार्यकर्ताद्वारा कुटपिट

विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणनाको रिपोर्टिङमा खटिएका पत्रकार रवीन्द्र बरालमाथि काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । रंगेली नगरपालिकाको मतगणना स्थलमा रहेका बराललाई बाहिर निस्कँदै गर्दा हिजो राती ११ः३० मा कुटपिट भएको हो ।

नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको विषयलाई लिएर कुटपिट गरेको बरालले जानकारी दिएका छन् । उनले कुटपीटमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी समेत दिइएका छन् ।

एभिन्युज टेलिभिजनको रंगेली संवाददाता बराललाई रंगेली नगरपालिका वडा नम्बर ४ का नेपाली कांग्रेसका कार्यकर्ता विकास अधिकारी र रंगेली कै जनमत पार्टीका रुपेश यादव सहितको समूहले कुटपिट गरेको आरोप छ । उनीहरूविरुद्ध बरालले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

यो घटनालाई लिएर नेपाल पत्रकार महासंघ मोरङ शाखाले ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ती प्रकाशित गर्दै घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर हदैसम्मको कारवाही हुनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्