सुनसरीमा एमालेका तीन वडाध्यक्ष विजयी

सुनसरीमा एमालेका तीन वडाध्यक्ष विजयी

विराटनगर । सुनसरी जिल्लामा एमालेका ३ जना वडाध्यक्ष विजयी भएका छन् ।

धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६ सय २७ मत प्राप्त गरेका छन् ।

यसैगरी, दुहवी नगरपालिका वडा नं. १ मा एमालेकै मोहमद अजुल हुसेन वडाध्यक्षमा विजयी भएका छन्। हुसेनले ९ सय २९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जाकिर हुुसेन मियाँले ८ सय १३ प्राप्त गरेका छन्।

बर्जु गाउँपालिका वडा नं. १ मा एमालेकै दिलबहादुर गुरुङ विजयी भएका छन्। गुरुङले ९ सय ३९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार गच्छदारले ६ सय ३४ मत ल्याए । हरिनगर गाउँपालिका वडा नं. ७ मा एकीकृत समाजवादीका मोजमिल खाँ विजयी भएका छन्। खाँले ५ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्दन्दी नौसाद आलम अनसारीले ४ सय ६२ प्राप्त गरेका छन्।

यस्तै, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी हासिल गरेको छ। गाउँपालिका-१ मा वडाअध्यक्षका उम्मेदवार लक्ष्मण मेहतासहित पुरै प्यानल राप्रपाले जितेको हो। उनले १ हजार ९० मत ल्याएर विजयी भएका हुन्। उक्त वडामा ३ हजार २ सय २८ मत मध्ये २ हजार ४ सय ७८ मत खसेको थियो। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्