मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना जनप्रनिनिधी निर्वाचित

मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना जनप्रनिनिधी निर्वाचित

विराटनगर । प्रदेश नंं. १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा वडाध्यक्ष सहित ६५ जना जनप्रतिनिधी निर्वाचित भएका छन् ।

स्थानीय तहको जनप्रतिनिधी निर्वाचित गर्न शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरि मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका हुन् । वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कांग्रेसका ७ जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट कानेपोखरी–१ मा ११०८ मत सहित रत्न बहादुर कार्की, जहदा–७ मा ९६९ मत सहित भगवान मरण्डी, मिक्लाजुङ–१ मा ९२१ मत सहित पर्वत राई, वडा नं. २ मा बलबहादुर श्रेष्ठ, सुनवर्षी–१ मा १२११ मत सहित विर बहादुर राई, सुनवर्षी–२ मा १०९६ मत सहित विनोद कुमार राजवंशी र लेटाङ–९ मा नन्दप्रसाद खतिवडा निर्वाचित भएको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतकोे कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसरी निर्वाचित हुनेमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र समेत रहेका छन् । एमालेबाट ५ र माओवादी केन्द्रबाट १ जना फराकिलो मतान्तर सहित वडाध्यक्षमा निर्वाचित भएको कार्यालयको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार एमालेबाट कटहरी गाउँपालिका–१ मा छरिनारायण राजवंशी, कानेपोखरी गाउँपालिका–७ मा मोहन प्रसाद अधिकारी, केराबारी गाउँपालिका–१ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका–७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका–१ मा बिष्णु मगर निर्वाचित भएका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) बाट मोरङको धनपालथान गाउँपालिका वडा नं. १ मा ५८२ मत सहित खाजा हुसैन मियाँ निर्वाचित भएका छन् । यसबाहेक मोरङको विभिन्न स्थानीय पालिकाहरुमा वडासदस्य पदमा ४८ जना निर्वाचित भएको जनाईएको छ ।

जिल्लास्थित १७ वटै पालिकाहरुको मतगणना हाल सम्पन्न भईसकेको छैन् । पालिका प्रमुख र उपप्रमुखको फाईनल नतिजा आउन थप केही समय लाग्ने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्