सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित, यस्तो छ कारण

<span class='c1'>सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना</span> <span class='c2'>स्थगित, यस्तो छ कारण</span>

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हँसिया हथौँडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की र उपमेयरमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन्। माओवादी केन्द्रले मेयरमा उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा मेयरको स्थानमा रहेको हँसिया हथौँडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको मेयरको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो।

पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२, स्वतन्त्र रामबहादुर विष्टले ११५ मत ल्याएका छन्। उपमेयरमा एमालेका नन्दकुमारी सुनुवारले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन्। विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्