खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणा राई निर्वाचित

खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणा राई निर्वाचित

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवि राई २८८१ ल्याएरनिर्वाचित भएकी छन् । निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराजित शंकरले २५७५ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएका छन् । उनले गाउँपालिको निवर्तमान उपाध्यक्ष रहेकी विमला राईलाई पराजित गरेका हुन् । राईले २५९५ मत पाएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले जितेको थिए। उनीहरु दुबै जना पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्