मतदाता शिक्षाको अभाव : विराटनगरको प्रमुख पदमा २४३३ मत प्रयोगविहीन

<span class='c1'>मतदाता शिक्षाको अभाव : विराटनगरको</span> <span class='c2'>प्रमुख पदमा २४३३ मत प्रयोगविहीन</span>

विराटनगर । उम्मेदवारहरुले आम मतदातालाई उचित मतदाता शिक्षा प्रदान गर्न नसक्दा मोरङको विराटनगरमा हालसम्म २ हजार बढी मत प्रयोगविहीन भएको छ ।

हालसम्म प्राप्त नतिजा अनुसार मतदाताले उम्मेदवार नै नभएको पदमा झुक्किएर मतदान गर्दा २ हजार ४३३ मत प्रयोगविहीन भएको हो । यसले २०७४ सालको स्थानीय निर्वाचनको तुलनामा यसपटक मत बदर र प्रयोगविहीनको ग्राफ ह्वात्तै बढ्ने संकेत गरेको छ । निर्वाचनको मुखमा घरदैलोमा लाखौं खर्च गरेका प्रमुुख पदका उम्मेदवार मतदाता शिक्षा प्रवाहमा चुक्दा यसको प्रत्यक्ष प्रभाव निर्वाचनको मत परिणाममा देखिएको हो । विराटनगरको मेयर र उपमेयरमा क्रमशः १३ र १४ जनाको उम्मेदवारी कायम हुँदा मतदाताले उम्मेदवार नभएको पदमा पनि कुल २४३३ मत खसालेका छन् ।

७ हजार ९५३ मत गणना हुँदा फराकिलो मतान्तर सहित विराटनगरको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नागेश कोईराला २५६५ मत सहित अग्रतामा छन् । नेकपा एमालेका सागर थापाले १८५० मत सहित उनलाई पछ्याईरहेका छन् । यसबाहेक विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादव ८७१ र राप्रपाबाट प्रह्लाद साह ४८० मत सहित दौडमा छन् । तर, मतदान सम्बन्धी चेतनाको अभावमा मतदाताले जसपाको छाता, नेकपा (एकीकृत समाजवादी) को कलम र नेकपा (माओवादी केन्द्र) को हसियाँ हतौडामा चिन्हमा पनि मतदान गरेका छन् । जसमा छाताले १६८, कलमले ७७ र हसियाँ हतौडाले ४३७ गरि कुल ६८२ मत प्राप्त गरेको छ ।

यस्तै, विराटनगरको उपमेयर पदमा पनि मतदाताले सोही गल्ती दोहोर्‍याएका छन् । प्राप्त मत परिणाम अनुसार विराटनगरको उपमेयरमा नेकपा (एमाले) को तर्फबाट शिल्पा निराला कार्की फराकिलो मतान्तर सहित अग्रतामा छिन् । कार्कीले २१०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट जसपाका अमरेन्द्र यादवले १३९२ मत प्राप्त गरेका छन् । तर, उम्मेदवार नै नभएको चुनाव चिन्हमा कुल १७५१ मत खसालेर मतदाताले उक्त मत प्रयोगविहीन बनाएका छन् ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको तथ्याङ्क अनुसार विराटनगरको उपमेयरका लागि भनेर मतदाताहरुले नेपाली काँग्रेसको रुख चिन्हमा ११५९, नेकपा (एकीकृत समाजवादी) को कलम चिन्हमा ६६ र नेकपा (माओवादी केन्द्र) को हसियाँ हतौडामा ५२६ मत हालेका छन् । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई खडा गरेको छ । तर, आम मतदाता उक्त बिषयप्रति अनविज्ञ हुँदा प्रमुख र उपप्रमुख पदमा मात्रै २४३३ मत प्रयोगविहीन भएको छ ।

निर्वाचन कार्यालयले पनि मतदाता शिक्षाका लागि बिशेष पहल नगर्दा त्यसको नकारात्मक प्रवाह उम्मेदवारहरुले व्यहोर्नु परेको विराटनगरको उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले बताईन् । उनीले भनिन्, ‘राजनितिक दलहरुले मतदाता शिक्षा प्रवाहमा सक्दो पहल गरेको हो । तर, निर्वाचन कार्यालयको भुमिका देखिएन् । मतगणनामा मत प्रयोगविहीनको बढ्दो आँकडा त्यसकै परिणाम हो ।’

दलहरुले गरेको बहुरङ्गी गठबन्धन मत बदर र प्रयोगविहीनको प्रमुख कारण रहेको विज्ञहरु बताउँछन् । २०७४, सालको निर्वाचनमा एक्लाएक्लै लड्दा समेत विराटनगरमा २२ हजार बढी मत बदर भएको थियो । यसपटकको गठबन्धनले मत बदर र प्रयोगविहीन हुने सम्भावना झन बलियो बनाएकोे स्वयंम गठबन्धनका नेताहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्