मोरङमा २० वडाको नतिजा : एमाले–१०, काँग्रेस–८ र माओवादी–२

<span class='c1'>मोरङमा २० वडाको नतिजा :</span> <span class='c2'>एमाले–१०, काँग्रेस–८ र माओवादी–२</span>

विराटनगर । मोरङको १७ स्थानीय तहमध्येबाट २० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । २० मध्ये नेकपा एमाले १०, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवारले जितेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका–७ मा एमालेका पंकज चौधरीले १२१० मत ल्याएर विजयी भएका छन् । निकटतमप्रतिद्वन्दी काँग्रेसका मुरारीलाल विश्वासले ११०३ मत प्राप्त गरेका थिए ।

कटहरी गाउँपालिको १ वडामा एमालेका हरिनारायण राजवंशीले ९६० मत, २ मा एमालेकै सुरेन्द्रप्रसाद राजवंशीले ९६६ मत ल्याएर विजयी भएका छन् । यसैगरी कानेपोखरी १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, २ वडामा एमालेका शुशील बुढाथोकीले १ हजार ८ सय ६४, ७ वडामा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै केराबारी १ मा एमालेका शरण थापा मगरले ६६२, १० नम्बर वडामा एमालेकै पूर्ण बहदुर मगरले ६३९, ग्रामथान ७ को वडाअध्यक्षमा एमालेका विरेन्द्र चौधरीले १ हजार ७३ मत ल्याएर निर्वाचित भएका छन् ।
यसैगरी जहदा १ का वडाअध्यक्षमा काँग्रेसका बाबुराम राजवंशीले ७१८, जहदा ७ को वडाअध्यक्षमा काँग्रेसकै भगवान मरण्डीले ९६९, धनपालथान १ मा माओवादी केन्द्रका खाजा हुेसन मियाले ५८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

मिक्लाजुङ १ मा काँग्रेसका पर्वत राईले ९२१, मिक्लाजुङ २ मा काँग्रेसकै बलबहादुर श्रेष्ठले ६०६, मिक्लाजुङमा ४ मा काँग्रेसका विशाल राईले ९०८, मिक्लाजुङ ५ मा माओवादीका मेघनाथ तामाङले ९१० मत ल्याएर विजयी भएका छन् ।
यसैगरी सुनवर्षी नगरपालिका १ मा काँग्रेसका वीरबहादुर राईले १२११, सुनवर्षी २ मा काँग्रेसकै बिनोद कुमार राजवंशीले १०९६ र सुनवर्षाी ३ मा एमालेका कुमार बुढाथोकीले ७७३ मत ल्याएर निर्वाचित भएको प्रदेश निर्वाचन कार्याललय विराटनगरले जनाएको छ । २० वडाको नतिजा सार्वजनिक हुँदा १०० जना निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्