विराटनगर । बुढीगंगा गाउँपालिका-७ मा नेकपा एमालेकाे प्यानेल नै विजयी भएका छन् ।
एमालेका वडाध्यक्ष पदका उम्मेदवार पंकज चाैधरी थारुले १२ सय १० मत पाएर विजयी भएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकाे उम्मेदवार मुरारी लाल विश्वास थारु ११ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै,महिला सदस्यमा एमालेका उम्मेदवार शान्ती कुमारी थारुले १ हजार १ सय ७१ मत प्राप्त गर्दा उनका निटकतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार श्री कुमारी चौधरीले १ हजार १ सय ३८ प्राप्त गरेका छन् । दलित महिला सदस्य एमालेका उम्मेदवार रेखा कुमारी सरदारले १ हजार १ सय ५८ उनका निटकतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार रामवती रिसिदेवले १ हजार १ सय ४१ ल्याएका छन्। सदस्य पदमा एमालेका उम्मेदवार देवलाल चौधरीले १ हजार १ सय २९ मत प्राप्त गर्दा उनका निटकतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार सेवक कुमार चौधरीले १ हजार ८९ मत ल्याएका छन्। खुल्ला सदस्यतर्फ एमालेले १ हजार १ सय १० मत प्राप्त गर्दा कांग्रेसले १ हजार ७५ मत प्राप्त गरेका छन्।
बुढीगंगा वडा नम्बर ७ मा ३७४९ जना मतदाता मध्ये २८९१ खसेको मत थियो ।