बुढीगंगाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

<span class='c1'>बुढीगंगाको अध्यक्षमा एमाले र</span> <span class='c2'>उपाध्यक्षमा कांग्रेसकाे अग्रता</span>

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् ।

उनले २ हजार ९ सय ४० र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार्यले ५ सय ५९ मत पाएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मातृका पौडेलले १ सय ६१ मत प्राप्त गरेका छन्

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता कुमारी गच्छदारले २ हजार ५ सय ९० र एमालेका उम्मेदवार तुलसा कुमारी कुवंरले २ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का उम्मेदवार माधव काजी घिमिरेले ५ सय ४५ मत पाएका छन् ।

बुढीगंगामा २८ हजार १ सय ५९ मतदाता मध्ये २२ हजार १ सय ९५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्