बुढीगंगा गाउँपालिका-१ वडाध्यक्षमा कांग्रेसका काफ्ले विजयी

बुढीगंगा गाउँपालिका-१ वडाध्यक्षमा कांग्रेसका काफ्ले विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सोमराज काफ्लेले २ सय ९७ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार १ सय ५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन घिमिरेले ८ सय ६१ मत ल्याएका छन् । उक्त वडामा ४३३३ मतदाता मध्ये ३२२९ अर्थात ७४.५२ प्रतिशत मत खसेको थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्