विराटनगर–१९ मा एमालेमा श्याम घिमिरे प्यानलसहित विजयी

विराटनगर–१९ मा एमालेमा श्याम घिमिरे प्यानलसहित विजयी

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो वडाअध्यक्षको खाता नेकपा एमालेले खोलेको छ । विराटनगर–१९ मा नेकपा एमालेका उमेदवार श्याम घिमिरे ९८७ मतसहित विजयी भएका हुन् ।

स्थानीय तह निर्वाचनमा २०७४ मा नेपाली काँग्रेस निर्वाचत भएको वडामा यस पटक एमाले विजयी भएको हो । नेपाली काँग्रेसका उदय राजबंशीले ८९९ मत प्राप्त गरेका छन् । उनलाई घिमिरेले ८८ मतअन्तरले पराजित गरेका हुन् ।

प्यानलनै एमालेले जितेको वडामा निजनारायण राजबंशी, लक्ष्मण सरदार, महिला सदस्य लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुश्बु विश्वकर्मा विजयी भएका छन् । विराटनगर महानगरपालिकाको १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना शनिबार बिहादेखि सुरु गरिएको थियो । सोमबार बिहान ५ बजेमात्रै एउटा वडाको मतपरिणाम सार्वजानिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्