धनकुटाको साँगुरीगढीमा काँग्रेस र चौबिसेमा एमाले विजयी

धनकुटाको साँगुरीगढीमा काँग्रेस र चौबिसेमा एमाले विजयी

धनकुटा । धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेस र चौबिसेमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र रुम्दाली ५ हजार ३९९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे ।

साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राई निर्वाचित भएकी छन् । राईले ४६५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का लिलाराज लावतीको पक्षमा ४१३६ मत परेको छ ।

यसैगरी चौबिसे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजकुमार लिम्बु ५ हजार ३८ मतसहित निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर मगरले ३ हजार ९९१ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ततबहादुर लिम्बुले १४३ मत पाए ।
यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकै टंकमाया पाङमी ४ हजार ९८३ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जसपाका मंगल कुमार लिम्बुले ३ हजार ९८८ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शान्तिदेवी लिम्बुले १०७ मत पाइन् । चौबिसेमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्