विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । सोमबार बिहानसम्म कोइरालाले ४५३१ मतसहित अग्रता कायम गरिरहेका छन् । उनलाई पछ्याईरहेका एमालेका थापाले ३३१५ मत ल्याएका छन् । स्वतन्त्रका उमेदवार उमेश यादवले १३६९ मत पाएका छन् ।

उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले ३७६३ मतसहित अग्रता लिईरहेकी छिन् । उनलाई पछ्याईरहेका जनता समाजवादीका अमरेन्द्र यादवले २४२५ मत पाएका छन् । विराटनगरमा सत्ता गठबन्धन अन्तर्गत काँग्रेसका कोइराला मेयरमा र जनता समाजवादीका यादव उपमेयर उमेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्