बिराटनगर । विराटनगर–१७ मा जसपाका समिम कमर १४५० मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका अस्लम आलम भन्दा ५०५ मत बढी ल्याएका छन् ।
अस्लमले ९४५ मत मात्रै पाएका छन् । अस्लम यस अगाडी विराटनगर १५ का वडा अध्यक्ष थिए । वडा परिवर्तन गरेर उनी १७ मा वडा अध्यक्ष उठेका थिए । नेकपा एमालेका हमिद आजादले ६१२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रले ४८० मत पाएको थियो ।