संखुवासभा खाँदबारीको मेयरमा कांग्रेसका थपलिया विजयी

संखुवासभा खाँदबारीको मेयरमा कांग्रेसका थपलिया विजयी

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा कांग्रेसका महेश थपलिया विजयी भएका छन् ।

उनले ८ हजार ३४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उनले ६ हजार ३ सय ८५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिव्य बरालले ५ हजार १ सय ४७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्