विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर मेयर पदका उम्मेदवार नागेश कोइरालाले ५ हजार ५ सय ३२ , नेकपा एमालेका सागर थापाले ३ हजार ९ सय ७४ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले १ हजार ७ सय ५६ र राप्रपाका प्रहलाद साह १ हजार १४ मत प्राप्त गर्नुभएको बताउनुभयो ।

यसैगरी, उपमेयरमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले ४ हजार ५ सय ६३, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ३ हजार १ सय ७७, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले १ हजार २ सय २२ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)की नमिता न्यौपानेले ९ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर १६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी हुनुभएको छ । विराटनगर वडा नं १७ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले १ हजार ४ सय ५० मत ल्याएर विजयी हुनुभएको छ । यस्तै १९ को वडाध्यक्षमा एमालेका श्याम घिमिरेले ९ सय ८७ मत ल्याएर विजयी हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्