खाँदबारीको मेयरमा काँग्रेसका महेश थपलिया विजयी

<span class='c1'>खाँदबारीको मेयरमा काँग्रेसका</span> <span class='c2'>महेश थपलिया विजयी</span>

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । बज्राचार्यले ६ हजार ३८५ मत ल्याइ विजेता बन्दा नेकपा माओवादी केन्द्रका दिव्य बरालले ५ हजार १४७ मत ल्याए । २०७४ को निर्वाचनमा खाँदबारीको मेयर र उपमेयर नै नेकपा एमालेले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्