विराटनगरको मेयरमा मतान्तर बढाउँदै काँग्रेसका नागेश कोईराला

विराटनगरको मेयरमा मतान्तर बढाउँदै काँग्रेसका नागेश कोईराला

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले) ले आ–आफ्नो अग्रता कायम राखेका छन् ।

हालसम्म १७ हजार ३९४ मतगणना भईसक्दा काँग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले १५५८ र एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले १३८६ मत सहित अग्रता कायम राखेका हुन् । ताजा मत परिणाम अनुसार महानगरको मेयरमा कोईरालाले ५५३२ र उपमेयरमा कार्कीले ४५६३ मत प्राप्त गरेका छन् । मेयर पदका उम्मेदवार कोईरालालाई उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापाले ३९७४ मत सहित पछ्याईरहेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादव र राप्रपाका उम्मेदवार प्रह्लाद साह पनि मेयर हुने दौडमा छन् । यादवले १७५६ मत प्राप्त गर्दा साहले १०१४ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयर पदमा पनि नेकपा (एमाले) बाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्की निकटतम प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवको तुलनामा १३८६ मतले अगाडि छिन् । कार्कीले ४५६३ मत प्राप्त गर्दा यादवले ३१७७ मत प्राप्त गरेका छन् । विराटनगरको उपमेयरको दौडमा अन्य उम्मेदवारहरु पनि छन् । राप्रपाबाट उपमेयर पदकी उम्मेदवार बिन्दा कुमारी लुँईटेल आचार्यले १२२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले हालसम्म ९५८ मत प्राप्त गरेकी छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत बैशाख ३० गतेको मतदान पश्चात शनिबारदेखि विराटनगर–७ स्थित आर्दश स्कुलमा पहिलो चरणको मतगणना सुरु भएको थियो । प्रारम्भिक चरणमा वडा नं. १, २, १६, १७, १८ र १९ गरि ६ वडाको मतगणना थालिएको थियो । प्राप्त नतिजा अनुसार विराटनगरमा हालसम्म वडा नं. १६, १७ र १९ को मतगणना सम्पन्न भईसकेको छ । जसअनुसार वडा नंं. १६ को अध्यक्षमा नेपाली काँग्रेसका उद्वव कुमार भुजेल, १७ मा जनता समाजवादी पार्टीका समिम कमर र १९ मा नेकपा (एमाले) का श्याम घिमिरे निर्वाचित भईसकेका छन् । वडा नं. १६ मा भुजेलले ७५२ ले मत ल्याउँदा १७ मा कमरले १४५० र १९ मा घिमिरेले ९८७ मत ल्याएका छन् । विराटनगरमा हाल वडा नं. १, २ र १८ को मतगणना जारी छ ।

मतगणना सम्पन्न भईसकेको र नयाँ थप गरिएको केन्द्रमा क्रमशः वडा नं. ३, ४, ५, १४ र १५ को मतगणना सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्