विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार साह विजयी

विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार साह विजयी

विराटनगर । विराटनगर १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार जितेन्द्र कुमार साह विजयी भएका छन् ।

जनता समाजवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवार उठेका साह ७१६ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । साहले ७१६ मत ल्याएर विजयी हाँसिल गर्दा उनका निकटतम प्रतिस्पर्धी जसपाका दिनेशकुमार यादवले ६२४ र नेपाली काँग्रेसका तुलानाथ यादवले ५३० मत ल्याए । ९२ मतले वडाध्यक्ष जितेका साहको वडामा स्वतन्त्रबाट थप २ वडासदस्य गौरव मण्डल र ढुरिया यादव समेत विजयी भएका छन् ।

विराटनगरमा हालसम्म वडा नं. १६, १७ र १९ को मतगणना सम्पन्न भईसकेको छ । जसअनुसार वडा नंं. १६ को अध्यक्षमा नेपाली काँग्रेसका उद्वव कुमार भुजेल, १७ मा जनता समाजवादी पार्टीका समिम कमर र १९ मा नेकपा (एमाले) का श्याम घिमिरे निर्वाचित भईसकेका छन् । वडा नं. १६ मा भुजेलले ७५२ ल्याउँदा १७ मा कमरले १४५० र १९ मा घिमिरेले ९८७ मत ल्याएका छन् । विराटनगरमा हाल वडा नं. १, २, ३, ४, ५, १४ र १५ को मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्