बुढीगंगा–४ मा १३ मत हराएको भन्दै एमालेद्वारा मतगणना अवरोध

बुढीगंगा–४ मा १३ मत हराएको भन्दै एमालेद्वारा मतगणना अवरोध

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ को बदर भनिएको १३ मत हराएको भन्दै नेकपा एमालेले मतगणनामा अवरोध गरेको छ ।

एमालेका कार्यकताले मतगणनास्थल बाहिर नाराबाजी गर्दै अन्तिम मतपरिणाम सार्वजानिक भएको ४ नम्बरको पुनः गणनाको माग गरेको हो । बुढीगंगामा १, ४ र ७ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा ४ मा नेपाली काँग्रेसका उम्मेदवार शशिकान्त चौधरीले ८१९ मत ल्याएर बिजयी भएका थिए । एमालेका सागर बरालले ८०८ मत ल्याएका थिए । दुईबीचको प्रतिस्प्रर्धाको निष्कर्ष ११ मतअन्तरको थियो । त्यस क्रममा १३ मत हराएको थियो । त्यो मतको विषयमा एमालेले बुझ्दा बदर भएको भनिएको थियो । तर, बदर भएको मत समेत नभेटिएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै सोमबार साँझ नाराबाजी गरिएको हो ।

निर्वाचन अधिकृत मणिराम पोखरेलले दलका अवरोधका कारण मतगणना रोकिएको बताउनुभयो । अन्तिम मतपरिणाम आइसकेको वडाको पुनः मतगणना गर्ननसकीने निर्वाचन अधिकृतको कार्यालयले अडान लिइएको छ ।
बुढीगंगा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार वलभद्र सारदार थारुले ४ हजार ३९० मत ल्याएर आग्रता लिएका छन् । काँग्रेसका उम्मेदवार जित नारायण थापा मगर ३ हजार ९ सय ५३ मत ल्याएका छन् । माओवादी केन्द्रका उम्मेदवार इश्वरी प्रसाद आचार्य १ हजार १ सय ६ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेस अमृता कुमारी गच्छदार ४ हजार १ सय ८४ मतसहित अग्रता लिईरहेकी छिन् । एमाले उम्मदवार तुलसी कुमारी कुंवरले ३ हजार ७ सय ५३ मत र एकीकृत समाजवादीका माधव काजी घिमिरेको ६३९ मत छ ।

नेकपा एमालेका नेता सत्यनारायण चौधरीले ११ मतान्तरले विजयी भएका उम्मेदवारको पक्षमा पार्नका लागि १३ मत गायब बनाएको हुनसक्ने आरोप लगाउनुभयो । मतगणानाका क्रममा केहि त्रुटी भएको हुनसक्ने भएकोले पुनः मतगणना गर्नुपर्ने माग गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्