विराटनगर महानगरको मेयरमा कोइराला र कार्कीको अग्रता कायमै

विराटनगर महानगरको मेयरमा कोइराला र कार्कीको अग्रता कायमै

विराटनगर । विराटनगर महानरपालिकाको मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्ला निराला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २२ हजार ५९५ गणना हुँदा काँग्रेसका कोइरालाले ७ हजार १२५ मत पाएका छन् । नेकपा एमालेका सागर थापाले ५ हजार ४०६ मत ल्याएका छन्। कोइराला १ हजार ७१९ मतले अगाडि छन्।

यसैगरी, उपमेयरतर्फ नेकपा एमालेकी शिल्पा कार्कीले ६ हजार १७७ मत प्राप्त गरेकी छिन्। गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४ हजार ७७ मत प्राप्त गरेका छन्। उपमेयरमा कार्की यादवभन्दा २ हजार १०० मतले अगाडि हुन् ।
पछिल्लो परिणाममा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार उमेश यादवले २४७१ मत ल्याएका छन्। स्वतन्त्रमै उपमेयरमा नमिता न्यौपानेले १३९१ मत ल्याएकी छिन्।

राप्रपाका मेयर उम्मेदवार प्रह्लादप्रसाद साहले १३६३ मत ल्याएका छन्। राप्रपाबाट उपमेयर उठेकी विन्दा लुइँटेल १६८६ मत ल्याएकी छिन्।
विराटनगरमा अहिले वडा नम्बर ३, ४, ५, ६, १३, १४, १५ र १६ को नम्बर वडाको मतगणना भइरहेको छ । गणना भएकामध्ये १, २, १७, १८ र १९ नम्बर वडाको नतिजा आइसकेको छ।

१७ मा जनता समाजवादी पार्टीका समिम कमर निर्वाचित भएका छन्। वडा नम्बर १८ मा स्वतन्त्र उमेदवार जितेन्द्रकुमार साह विजयी भएका हुन्। वडा नम्बर १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् । यसैगरी वडा नम्बर १ मा एमालेका काजी बस्नेत र २ मा कुमार पोखरेल निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्