फ्याक्ट चेक: विराटनगरमा लौरो चुनाव चिन्हमा मत आएको हो ?

फ्याक्ट चेक: विराटनगरमा लौरो चुनाव चिन्हमा मत आएको हो ?

निर्वाचनको समयमा अनेकौं मिथ्या समाचारहरु फैलने गरेका छन् । यस्तै एक खबर सोमबार देखि नेपाली सामाजिक संजाल वृतमा फैलिएको छ । उक्त मिथ्या समाचार अनुसार विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्ह लौरोमा २ हजार ४ सय ३३ मत खसेको छ भनेर सामाजिक संजालमा खबर फैलिएको थियो । पुर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुमा राखेको उक्त खबर राखेका थिए । उनले लेखेका थिए : “विराटनगरमा उमेदवार नै नभएको चुनाव चिन्ह लौरोमा २४३३ मत खसेछ।

लौरो अब ब्रान्ड, परिवर्तन र युवाको प्रतिक बनिसकेको छ ।”विराटनगर महानगरपालिकाको मतपत्रमा लौरो चुनाव चिन्ह नै नभएकाले उनले सार्वजनिक गरेको खबर पुर्णतया झुटो र काल्पनिक खबर भएको पुष्टि भएको छ । काठमाडौंमा स्वतन्त्र मेयर उम्मेद्वार बालेन साहको चुनाव चिन्ह रहेको लौरो अत्यन्त लोकप्रिय भएसँगै त्यस सम्बन्धि अनेकौं खबरहरु सार्वजनिक भईरहेको भए पनि यहि समयमा मिथ्या खबरहरु समेत सार्वजनिक भईरहेकाले सर्वसाधारण सचेत हुन आवश्यक छ ।

[caption id="attachment_177631" align="alignnone" width="540"] विराटनगरमा प्रयोग भएको नमुना मतपत्र[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्