बुढीगंगाको अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसको अग्रता

बुढीगंगाको अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् ।

उनले ५ हजार २ सय १५ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ४ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार्यले १ हजार २ सय ७७ मत पाएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मातृका पौडेलले ४ सय ३४ मत प्राप्त गरेका छन्

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता कुमारी गच्छदारले ५ हजार ३ सय ३४ र एमालेका उम्मेदवार तुलसा कुमारी कुवंरले ४ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का उम्मेदवार माधव काजी घिमिरेले ६ सय ९५ मत पाएका छन् ।

बुढीगंगामा २८ हजार १ सय ५९ मतदाता मध्ये २२ हजार १ सय ९५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्