विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव ५९ मतले विजयी भएका छन् ।
बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमोद कुमार झाले ५६९ मत ल्याए । वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी नेकपा (एमाले) का किशोर कुमार पोखरेल ५५८ र जसपाका झरिलाल महतो पनि ३८८ मतमा सिमित भए ।
०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर-१३ जसपाले जितेको थियो ।