बुढीगंगामा कांग्रेसकाे उम्मेदवार जितनारायण थापा मगरले मतान्तर बढाउँदै

बुढीगंगामा कांग्रेसकाे उम्मेदवार जितनारायण थापा मगरले मतान्तर बढाउँदै

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् ।

उनले ७ हजार ३ सय ७४ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ६ हजार ४ सय ३२ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार्यले १ हजार ९ सय २३ मत पाएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मातृका पौडेलले ५ सय १ मत प्राप्त गरेका छन्

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता कुमारी गच्छदारले ७ हजार ४ सय ७१ र एमालेका उम्मेदवार तुलसा कुमारी कुवंरले ५ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का उम्मेदवार माधव काजी घिमिरेले ८ सय २२ मत पाएका छन् ।

बुढीगंगामा २८ हजार १ सय ५९ मतदाता मध्ये २२ हजार १ सय ९५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्