प्रदेश नं. १ मा ५ जिल्लाको मतगणना सम्पन्न, धेरै ठाउँमा काँग्रेस विजयी

प्रदेश नं. १ मा ५ जिल्लाको मतगणना सम्पन्न, धेरै ठाउँमा काँग्रेस विजयी

विराटनगर । प्रदेश नं. १ का १४ जिल्लामध्ये पाँच जिल्लाका सबै ४२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म भोजपुरका ९, तेह्रथुमका ६, ताप्लेजुङका ९, ओखलढुंगाका ८ र संखुवासभाका १० स्थानीय तहको मतगणना सम्पन्न भएको हो । ती जिल्लाका ४२ स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा धेरै २० स्थानीय तहको नेतृत्व जितेको छ । यस्तै नेकपा एमालेले १४ स्थानीय तहको नेतृत्व हात पार्दा नेकपा माओवादी केन्द्र ५ स्थानीय तहमा विजयी भएको छ । यस्तै जसपा १ र स्वतन्त्र २ स्थानीय तहको नेतृत्वमा जितेका छन् ।

भोजपुरका ९ स्थानीय तहमध्ये काँग्रेस र एमालेले समान ३ तहको प्रमुख र ३ तहको उपप्रमुख जितेका छन् । यस्तै माओवादी केन्द्रले् २ प्रमुख र ३ उपप्रमुख जिल्ता १ तहको प्रमुख स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । संखुवासभाका १० स्थानीय तहमध्ये काँग्रेसले ६ प्रमुख र ३ उपप्रमुख, एमालेले ४ प्रमुख र ४ उपप्रमुख, माओवादी केन्द्रले १ उपप्रमुख र एकीकृत समाजवादीले २ उपप्रमुख जितेको छ ।

ओखलढुंगाका ८ स्थानीय तहमध्ये काँग्रेसले ४ प्रमुख र ४ उपप्रमुख, एमालेले १ प्रमुख र ४ उपप्रमुख, माओवादी केन्द्र, जसपा र स्वतन्त्रले १ प्रमुख जितेका छन् । यसैगरि ताप्लेजुङका ९ स्थानीय तहमध्ये काँग्रेसले ४ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख, माओवादी केन्द्रले २ प्रमुख र ३ उपप्रमुख तथा नेकपा एकीकृत समाजवादीले २ उपप्रमुख जितेका छन् ।

तेह्रथुमका ६ स्थानीय तहको सबैमा मतगणना सम्पन्न भएको छ । तेह्रथुममा काँग्रेसले ३ तहको प्रमुख र ३ तहको उपप्रमुख जितेको छ भने एमालेले ३ तहको प्रमुख र २ तहको उपप्रमुख जितेको छ । माओवादी केन्द्र २ तहको उपप्रमुखमा विजयी भएको छ ।

भोजपुरका स्थानीय तहको नतिजा
१) रामप्रसाद राई गाउँपालिका
अध्यक्षः थामबहादुर राई (माओवादी)
उपाध्यक्षः वीरेन्द्र राई (काँग्रेस)

२) अरूण गाउँपालिका
अध्यक्षः शालिकराम खत्री (काँग्रेस)
उपाध्यक्षः बिनिता ढकाल (काँग्रेस)

३) साल्पासिलिछो गाउँपालिका
अध्यक्षः दौलथकुमार कुलुङ राई (स्वतन्त्र)
उपाध्यक्षः अस्मिता कुलुङ राई(काँग्रेस)

४) आमचोक गाउँपालिका
अध्यक्षः अशोक राई (माओवादी)
उपाध्यक्षः सीता राई (माओवादी)

५) हतुवागढी गाउँपालिका
अध्यक्षः प्रेमकुमार राई (एमाले)
उपाध्यक्षः सुनिता राई (माओवादी)

६) पौवादुङ्मा गाउँपालिका
अध्यक्षः किरण राई (एमाले)
उपाध्यक्षः ज्योत्सना राई (एमाले)

७) षडानन्द नगरपालिका
प्रमुखः सुरेन्द्रकुमार उदास (एमाले)
उपप्रमुखः प्रमिला राई (माओवादी)

८) भोजपुर नगरपालिका
प्रमुख: कैलाशकुमार आले (काँग्रेस)
उपप्रमुखः निर्मला शेर्पा (एमाले)

९) टेम्केमैयुङ गाउँपालिका
अध्यक्षः सरोज बस्नेत (काँग्रेस)
उपाध्यक्षः रमादेवी राई (एमाले)

तेह्रथुमका स्थानीय तहको नतिजा
१) म्याङलुङ नगरपालिका
मेयरः सञ्जयकुमार तुम्बाहाङफे (एमाले)
उपमेयरः जमुनादेवी सुवेदी (एमाले)

२) फेदाप गाउँपालिका
अध्यक्षः केशवप्रसाद भेटवाल (काँग्रेस)
उपाध्यक्षः सुनिता पाहिम (माओवादी)

३) आठराई गाउँपालिका
अध्यक्षः दिलकुमार पाहिम (काँग्रेस)
उपाध्यक्षः बलिराज इङ्नाम (माओवादी)

४) छथर गाउँपालिका
अध्यक्षः सन्तवीर लिम्बु (एमाले)
उपाध्यक्षः टेकराज लिम्बु (एमाले)

५) मेन्छ्यायेम गाउँपालिका
अध्यक्षः यादवबहादुर खापुङ (एमाले)
उपाध्यक्षः गितादेवी तिम्सिना (काँग्रेस)

६) लालीगुराँस नगरपालिका
मेयरः अर्जुन माबोहाङ (कांग्रेस)
उपमेयरः जमुना मगर कार्की (काँग्रेस)

ताप्लेजुङका स्थानीय तहको नतिजा
१) मेरिङदेन गाउँपालिका
अध्यक्षः युक हाङविर हाङ्गाम (काँग्रेस)
उपाध्यक्षः दुर्गाप्रसाद चोङबाङ (एकीकृत समाजवादी)

२) फक्ताङलुङ गाउँपालिका
अध्यक्षः राजन लिम्बू (माओवादी)
उपाध्यक्षः रबिन साम्रा लिम्बू (काँग्रेस)

३) मैवाखोला गाउँपालिका
अध्यक्षः विजयप्रकाश वनेम (माओवादी)
उपाध्यक्षः कमलकुमारी लिम्बू (काँग्रेस)

४) मिक्वाखोला गाउँपालिका
अध्यक्षः भक्तबहादुर कार्की (काँग्रेस)
उपाध्यक्षः डण्डु शेर्पा (माओवादी)

५) सिदिङ्वा गाउँपालिका
अध्यक्षः मानबहादुर राई (एमाले)
उपाध्यक्षः कृष्णकुमारी कडरिया (माओवादी)

६) फुङलिङ नगरपालिका
मेयरः अमिर मादेन (काँग्रेस)
उपमेयरः भीमादेवी ओझा (एमाले)

७) आठराई त्रिवेणी गाउँपालिका
अध्यक्षः दिपेन्द्र पोमु (एमाले)
उपाध्यक्षः शान्ताकुमारी आङबुहाङ (एमाले)

८) सिरिजंघा गाउँपालिका
अध्यक्षः लालकृष्ण चौहान (काँग्रेस)
उपाध्यक्षः चित्रकुमार लिम्बू (माओवादी)

९) पाथिभरा याङवरक गाउँपालिका
अध्यक्षः केशरकुमार सुब्बा (एमाले)
उपाध्यक्षः रनमाया गुरुङ (एमाले)

ओखलढुंगाका स्थानीय तहको नतिजा
१) चिसंखुगढी गाउँपालिका
अध्यक्षः निशान्त शर्मा (माओवादी)
उपाध्यक्षः सन्तोषबाबु थापा (काँग्रेस)

२) मानेभञ्ज्याङ गाउँपालिका
अध्यक्षः ज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र)
उपाध्यक्षः आश्रचन राई (काँग्रेस)

३) चम्पादेवी गाउँपालिका
अध्यक्षः नवराज केसी (काँग्रेस)
उपाध्यक्षः दिलमाया मगर (एमाले)

४) मोलुङ गाउँपालिका
अध्यक्षः उत्तम राई (एमाले)
उपाध्यक्षः उर्मिला खतिवडा (एमाले)

५) खिजिदेम्बा गाउँपालिका
अध्यक्षः गम्बु शेर्पा (जसपा)
उपाध्यक्षः सुशिला तामाङ (काँग्रेस)

६) सिद्धिचरण नगरपालिका
मेयरः तेजन खनाल (काँग्रेस)
उपमेयरः केदारबाबु बस्नेत (एमाले)

७) लिखु गाउँपालिका
अध्यक्षः अशोककुमार कार्की
उपाध्यक्षः अस्मिता थापा (काँग्रेस)

८) सुनकोशी गाउँपालिका (एमाले)
अध्यक्षः कमल तामाङ (काँग्रेस)
उपाध्यक्षः सुनिता अधिकारी (काँग्रेस)

संखुवासभाका स्थानीय तहको नतिजा
१) खाँदवारी नगरपालिका
मेयरः महेश थपलिया (काँग्रेस)
उपमेयरः महेश्वरा श्रेष्ठ (एमाले)

२) सभापोखरी गाउँपालिका
अध्यक्षः भीमबहादुर लिम्बू (काँग्रेस)
उपाध्यक्षः लक्ष्मी चापागाईं (एकीकृत समाजवादी)

३) सिलिचोङ गाउँपालिका
अध्यक्षः भूपाल राई (काँग्रेस)
उपाध्यक्षः देविता राई (काँग्रेस)

४) मकालु गाउँपालिका
अध्यक्षः वाङ्दिछिरिङ शेर्पा (काँग्रेस)
उपाध्यक्षः मनकला राई (माओवादी)

५) धर्मदेवी नगरपालिका
मेयरः उदयचन्द्र पौडेल (एमाले)
उपमेयरः तारा महत (काँग्रेस)

६) मादी नगरपालिका
मेयरः जीवन लिङ्थेप (एमाले)
उपमेयरः सुनितादेवी भट्टराई (एमाले)

७) पाँचखपन नगरपालिका
मेयरः विपिन राई (काँग्रेस)
उपमेयरः सुमुना श्रेष्ठ (एकीकृत समाजवादी)

८) भोटखोला गाउँपालिका
अध्यक्षः वाङ्छेदर लामा (एमाले)
उपाध्यक्षः सहाना लामा (एमाले)

९) चिचिला गाउँपालिका
अध्यक्षः पासाङ नोर्बु शेर्पा (काँग्रेस)
उपाध्यक्षः मनकला राई (काँग्रेस)

१०) चैनपुर नगरपालिका
मेयरः कृष्णकुमार तामाङ (एमाले)
उपमेयरः एलिना श्रेष्ठ (एमाले)

साभार  :  हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्