समाजसेवी गोयलद्धारा वृद्धाआश्रममा खाद्यसामाग्री वितरण

समाजसेवी गोयलद्धारा वृद्धाआश्रममा खाद्यसामाग्री वितरण

विराटनगर । उद्योगपति तथा वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चौकमा रहेको जागृति वृद्धाश्रममा खाद्यसामग्री सहयोग गरेका छन् ।

दीनबन्धु उषादेवी गोयलको ५० औं विवाह उत्सवको अवसर पारेर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई एक महिनाको खाद्य सामग्री वितरण गरेका हुन् ।
आश्रममा एक कार्यक्रम आयोजना गरि जागृति वृद्धाश्रमकी उपाध्यक्ष लक्ष्मी क्षेत्रीलाई समाजसेवी गोयलले प्रदान गरेको खाद्य सामग्री वरिष्ठ पत्रकार मोहन भण्डारीले हस्तान्तरण गरेका थिए ।

पछिल्लो समय विवाह उत्सवमा रमाइलो गर्ने बहनामा फजुल खर्च गर्ने गरेका छन् । तर, समाजसेवी गोयलले सामाजिक कार्य अनुरूप आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई महिना दिनसम्म पुग्ने खाद्य सामाग्री वितरण गरेका हुन् । समाजसेवी गोयलले सामाजिक कार्य अनुसार ज्येष्ठ नागरिकहरूलाई खाद्यन्य सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्