मोरङको बुढीगंगाको अध्यक्षमा कांग्रेसका जित नारायण थापा मगर निर्वाचित

मोरङको बुढीगंगाको अध्यक्षमा कांग्रेसका जित नारायण थापा मगर निर्वाचित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी गच्छदार विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी तुलसी कुमारी कुँवरलाई २८२७ मतले पराजित गर्दै गच्छदार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गच्छदारले ९०५० मत ल्याउँदा एमालेकी कुँवरले ६२२३ मत ल्याएकी छन् ।

१७ स्थानीय तह रहेको मोरङमा हालसम्म ८ पालिकाको मतगणना सम्पन्न भईसकेको छ । बुढीगङ्गा सहित जहदा, कटहरी, सुनवर्षी, कानेपोखरी, केराबारी, लेटाङ र मिक्लाजुङको मतगणना सम्पन्न भईसकेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्