विराटनगर-१४ मा एमालेको पुरै प्यानल विजयी : वडाध्यक्षमा सुर्य नारायण महतो

विराटनगर-१४ मा एमालेको पुरै प्यानल विजयी : वडाध्यक्षमा सुर्य नारायण महतो

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा नेकपा (एमाले) को पुरै प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा सुर्य नारायण महतो सहित एमालेको पुरै प्यानल विजयी भएको हो । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार महतोले ४३३ मतले वडाध्यक्ष जितेका हुन् । उनले १२१५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी जसपाका बलदेव यादवले ७८२ मत प्राप्त गरेका छन् ।

वडा नं. १४ को खुल्ला सदस्यमा पनि नेकपा (एमाले) कै दिना कुमार यादव र वासुदेव शर्मा दुलाल निर्वाचित भएका छन् । यादवले १२२४ मत प्राप्त गर्दा दुलालले ९०८ मत पाएका छन् ।

यस्तै, प्राप्त मतपरिणाम अनुसार १४ नम्बर वडाको महिला सदस्य र दलित महिला सदस्य पनि एमालेले नै जितेको छ । महिला सदस्यमा सम्तली देवी विश्वास ११५७ र दलित महिला सदस्यमा पूनम देवि राम ११२३ मत सहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगरमा हालसम्म भने वडा नं. १, २, ७, १३, १४, १५, १६, १७, १८ र १९ गरी कुल १० वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । अहिले क्रमशः वडा नं. ३, ४, ५, ६, ८, ९, १०, ११ र १२ गरि ९ वटा वडाको मतगणना भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्