बुढीगंगा गाउँपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)

बुढीगंगा गाउँपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)

विराटनगर ।  बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन्  ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी गच्छदार विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी तुलसी कुमारी कुँवरलाई २८२७ मतले पराजित गर्दै गच्छदार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गच्छदारले ९०५० मत ल्याउँदा एमालेकी कुँवरले ६२२३ मत ल्याएकी छन् ।

बुढीगंगा गाउँपालिकामा निर्वाचित वडाध्यक्षहरुको नामावली :

वडा नम्बर  १ सोमराज काफ्ले (नेपाली कांग्रेस) (११५८)

वडा नम्बर २ रेवती नारायण चौधरी (नेपाली कांग्रेस) ( १२१४)

वडा नम्बर ३ तीलक नाथ मण्डल राजवंशी  (नेपाली कांग्रेस) (१५६९)

वडा नम्बर ४ शशिकान्त चौधरी (नेपाली कांग्रेस) (८१९)

वडा नम्बर ५ देबेन्द्र प्रसाद दाहाल ( नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) ( १०८७)

वडा नम्बर ६ दिलिप कुमार चौधरी (नेपाली कांग्रेस) (१५६४)

वडा नम्बर ७ पंकज चौधरी थारु ( नेपाल कम्युनिष्ट पार्टी एमाले)  (१२१०)

बुढीगंगामा २८ हजार १ सय ५९ मतदाता मध्ये २२ हजार १ सय ९५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्