विराटनगर एयरपोर्ट रोड सौन्दर्यकरणको काम धमाधम

विराटनगर एयरपोर्ट रोड सौन्दर्यकरणको काम धमाधम

विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरणको लागि प्रदेश सरकारमार्फत थप ७५ लाख रुपिँया बजेट माग गरिएको छ ।

विराटनगर महानगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने सौन्दर्यकरणको काम भईरहेको उक्त सडकको पेटी निर्माणका लागि प्रदेश सरकारले समेत बजेट उपलब्ध गराउने भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष पुण्य प्रसाद भट्टराईले दुवैतर्फको पेटीलाई व्यवस्थित गर्नका लागि थप बजेट माग गरिएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार कार्यालयमार्फत रोडको दुई किनाराको पेटीलाई व्यवस्थित गर्नका लागि ७५ लाख रुपिँया माग गरिएको हो । विराटनगर–धरान सडक खण्डको एयरपोर्ट मोडदेखि ४१५ मिटर दुरीको सौन्दर्यकरणको काम समेत भईरहेको छ । उपभोक्ताको २८ लाख ८३ हजार ३५९ सहभागितासहित ९६ लाख ११ हजार ३२५ रहेको छ । महानगरपालिकाले ६७ लाख २७ हजार ९३० अनुदान वापतको रकम उपलब्ध गराउने छ ।

विराटनगर भित्रने आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्ने हिसाबले यो सडकको माथिल्लो भागमा पाइपको टनेल लगाईने छ । त्यसमा रङ्गरोगन र लाइट जडान गरिन्छ । त्यस बाहेक सडकको दुवै किनाराका पेटीलाई व्यवस्थित गर्ने काम समेत अगाडी बढाईने भएको हो । बिद्युत र टेलिकमका पोललाई एउटै लाइनमा गाड्ने र बीचबीचमा रुखका बिरुवा लगाउने योजना राखिएको छ । पैदलयात्रीका लागि दुवैतर्फ ७–७ फिटको मार्ग निर्माण गरिने छ । त्यसका लागि नयाँ ब्लग हालेर फुटपाथलाई व्यवस्थित गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्