विराटनगरका शर्माको टुप्पी काटिदिएको आरोपमा एकजना पक्राउ

<span class='c1'>विराटनगरका शर्माको टुप्पी काटिदिएको</span> <span class='c2'>आरोपमा एकजना पक्राउ</span>

विराटनगर । विराटनगर–१२ घर भई कटहरीमा गौशाला सञ्चालन गर्दै आएका मनोजकुमार शर्माको टुप्पी काटिदिएको आरोपमा मोहम्मद फिरोज शेखलाई प्रहरीले पक्राउ गरेको छ । शेख विरुद्ध शर्माले प्रहरीमा बुधबार उजुरी दिएपछि बिहीबार उनकै घरबाट पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले उनलाई नियन्त्रणमा लिएर छलफल भईरहेको बताए । दुवैपक्षबीच छलफलबाट थप प्रक्रियाको बारेमा निष्कर्ष निकालिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
गौशालामा रहेको पानी तान्ने मोटर चोरी गरिरहेको अवस्थामा फेला परेका शेख विरुद्ध शर्माले वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरमा मौखिक जानकारी दिएका थिए ।

घटना गत वैशाख १० गतेबाट सुरू भएको हो। गत बैशाख १० गते बिहान राति २ बजे कुकुर भुकेपछि हेर्दा गौशालामा रहेको पानी तान्ने मेसिन चोरी भएको शर्माले देखेका थिए। चोरी गर्ने व्यक्ति शेख रहेको पत्ता लागेको भन्दै उनी घरसम्म पुगे। त्यसपछि १३ गते घिसार्दै लगेर हँसियाले टुप्पी काटिदिएका थिए । शेखको घर समेत शर्माको गौशाला नजिकै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्