विराटनगर–११ मा करेन्ट लाग्दा गाई मरेको छ

<span class='c1'>विराटनगर–११ मा करेन्ट लाग्दा</span> <span class='c2'>गाई मरेको छ</span>

विराटनगर । विराटनगर–११ नयाँ गुद्री दक्षिणमा करेन्ट लागेर गाई मरेको छ । गाईधनी दुर्गा साहका अनुसार एभरेष्ट होटलमा लगेको बिद्युतको करेन्ट जमिनमा आउँदा चरिरहेको गाई मरेको हो ।

अहिले नेपाल बिद्युत प्राधिकरणले त्यहाँको स्थिति बुझेर फर्केको छ । प्राधिकरणले होटल सञ्चालकको लापवाहीका कारण बिद्युत लिकेज भएको गाई धनी साहलाई बताएको छ ।

पानी परिरहेको बेला करेन्ट लिक हुँदा नालीको पानीमा समेत करेन्ट प्रवाह पाइएको थियो । यस्तो स्थितिलाई अत्यन्तै जोखिम मानिन्छ । होटल एभरेष्टमा नयाँ गुद्रीका सञ्चालकको समेत लगानी रहेको छ । गाई मरेको सुचना पाएपछि प्रहरी समेत खटिएको छ । होटलको लापवाहीले करेन्ट लिक भएको देखिएमा प्रहरीले त्यहि अनुसारको कारवाही अगाडी बढाउने भएको छ । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले सुचना पाएसँगै प्रहरी खटिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्