११ सय रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट ‘५ जी’ राउटरमा चलाउन पाइने

११ सय रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट ‘५ जी’ राउटरमा चलाउन पाइने

विराटनगर । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रुपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज '५ जी' सपोर्ट गर्ने डुअल ब्याण्ड राउटर सहित उपलब्ध गराउने गरी सार्वजनिक गरेको छ ।

नेट टिभी प्रयोग नगर्ने तर गुणस्तरीय इन्टरनेटको आवश्यता पर्ने ग्राहकलाई लक्षित गर्दै सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको वर्ल्डलिङ्कले जानकारी दिएको छ । ग्राहकहरुको लागि उक्त प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीले दाबी गरेको छ । उक्त प्याकेज लिन चाहने ग्राहकहरुलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क उपलब्ध गराईने वर्ल्डलिङ्कले बताएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ ।

‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेष गरी नेटटिभी आवश्यक नपर्ने ग्राहकहरु लाभान्वित हुने वर्ल्डलिङ्कले अपेक्षा लिएको छ ।’

२०० एमबीपीएसको नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने वर्ल्डलिङ्कले जानकारी दिएको छ । जसअनुसार ग्राहकहरुले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी र विराटनगरका २ सय ५० भन्दा ज्यादा वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउने बताएको छ ।

यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध गराउने वर्ल्डलिङ्कले जनाएको छ । यस बाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाकारी दिएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध रहेको छ ।

गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागि परेको कम्पनीले बताएको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्ने व्यवस्था समेत रहेको वर्ल्डलिङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्