विराटनगर–४ को वडाध्यक्ष हारेपछि पार्टीको जिल्ला सह–सचिवबाट राजीनामा दिए मण्डलले

<span class='c1'>विराटनगर–४ को वडाध्यक्ष हारेपछि पार्टीको</span> <span class='c2'>जिल्ला सह–सचिवबाट राजीनामा दिए मण्डलले</span>

विराटनगर । नेपाली काँग्रेसका जिल्ला सह–सचिव सन्जय मण्डलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

विराटनगर–४ बाट वडाध्यक्षका उम्मेदवार मण्डल पराजित भएसँगै पदबाट राजीनाको घोषणा गरेका हुन् ।

जिल्ला सह–सचिव भएर वडा अध्यक्षमा उठेका मण्डल नेकपा एमालेका जितेन थापासँग पराजित भएका थिए । निर्वाचन आयोगले अन्तिम मत परिणाम घोषणा गर्नु अगाडी नै हार स्वीकार गर्दै उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन् ।

उनले पार्टीले समेत धोका दिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । काँग्रेसले ४० वर्षदेखि जित्दै आएको विराटनगर–४ मा यस पटक एमालेले आफ्नो झण्डा फहराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्