स्मृति इङ्लिस बोर्डिङ्ग स्कुलले मनायो १८ औं वार्षिक उत्सव

स्मृति इङ्लिस बोर्डिङ्ग स्कुलले मनायो १८ औं वार्षिक उत्सव

विराटनगर । बुढीगंगा गाउँपालिका(३ स्थित स्मृति इङलिस बोर्डिङ स्कुलले १८ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्कुलको १८ औं वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि स्कुलका संस्थापक स्मृति सापकोटा रहनुभएको थियो । स्कुलका प्रिन्सिपल रीता न्यौपानेले केक काटेर सेलिब्रेसन गर्नुभएको थियो ।

विद्यालयले स्कुल टप गरेका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराएको छ । सोही क्रममा स्कुल टप गरेका २ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, दोस्रो टप हुनेलाई ५० प्रतिशत छात्रवृत्ति, तेस्रो हुनेलाई ३ महिनाको शुल्क छुट र बाँकी ६ जनालाई वार्षिक ट्युसन फि मा ५० प्रतिशत छुट गर्ने विद्यालयका प्रिन्सिपल न्यौपानेले बताइन् । विद्यालयका संस्थापक स्मृति सापकोटाले स्कुल टप गरेका २ जना विद्यार्थीलाई जनही ११ हजार १११ नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्