विराटनगरको मेयरमा काँग्रेसका नागेश कोईराला ८ हजार ७१५ मतले विजयी

विराटनगरको मेयरमा काँग्रेसका नागेश कोईराला ८ हजार ७१५ मतले विजयी

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोईराला ३० हजार १७० मत सहित विजयी भएका छन ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४५५ मत ल्याउँदा कोईरालाले ३० हजार बढी मत प्राप्त गरेका हुन् । विराटनगरमा कुल ८९७८९ मत खस्दा कोईरालाले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै आएका थिए ।

यस्तै, विराटनगरको उपमेयरमा नेकपा (एमाले) कि शिल्पा निराला कार्की निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पराजित गर्दै कार्की विराटनगरको उपमेयरमा विजयी भएकी हुन् । यादवले १४ हजार २१९ मत प्राप्त गर्दा कार्कीले २५ हजार ६८० मत ल्याएकी हुन् ।

प्राप्त मत परिणाम अनुसार कुल १९ वडा रहेको विराटनगरमा भने नेकपा (एमाले) ले ९,नेपाली काँग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले १ वडामा जित हाँसिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्