विराटनगर–११ मा भएको दुर्घटना मिलेमतोमा ‘चुपचाप’

विराटनगर–११ मा भएको दुर्घटना मिलेमतोमा ‘चुपचाप’

विराटनगर । विराटनगर–११ सगरमाथा पार्टी प्यालेस नजिक हिजो राती भएको एउटा दुर्घटनालाई मिलेमतोमा ‘चुपचाप’ राख्ने प्रयास गरिएको छ । विराटनगर–११ नयाँ गुद्री व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतको कारले घरको पर्खालमा ठक्कर दिएर भत्काएको घटनालाई गुपचुपमा राख्न खोजिएको हो ।

भगतका छोरा दिनेश भगतले हाँकेको प्रदेश–३–०१०२४–च ६५५९ नम्बरको कार नचिन्द्रबहादुर रायमाझीको घर पर्खालमा ठोक्किदाँ भत्किएको थियो । घटनास्थलमा वडा प्रहरी कार्यालयको टोलि पुगेको थियो ।
चालकको स्थिति के र कुन अवस्थामा थियो भन्ने यकिन समेत नगरि उनलाई त्यहाँबाट छोडेको खुलेको छ । चालक दिनेश दुर्घटना भएको स्थलमा कार छोडेर हिँडेपछि उनका बुबा पशुपति भगत पुगेका थिए । उनले भत्केको पर्खाल बिहानैदेखि बनाई दिने भन्दै कार झिकेर ल्याएका थिए ।

प्रहरी चौकी बखरीको टोलि समेत त्यहाँ पुगेको थियो । त्यस अगाडी नै वडा कार्यालयको टोलिले घटनाको विषयलाई मिलाईसकेको थियो । गाडीधनी भगतले भत्किसकेको वालमा कार गएर सामान्य टच मात्रै भएकोले बिहानै जनमिस्त्री लगाएर बनाईदिईसकेको बताएका छन् । उनले यो विषय प्रहरीबाट समेत गम्भीर रुपमा नलिईएकोले समाचार बनाउनु नपर्ने बताएका छन् । भगतको पहुँचमा टेकेर दुर्घटनासँग सम्बन्धित विषयलाई प्रहरीले समेत गम्भीर रुपमा लिइएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले घटना बारे जिल्लामा जानकारी नै नआएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्