भर्खरै एसईई दिएका विद्यार्थीहरुका लागि विराटनगरमा निःशूल्क सेमिनार

भर्खरै एसईई दिएका विद्यार्थीहरुका लागि विराटनगरमा निःशूल्क सेमिनार

विराटनगर । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि यही जेठ १२ गते विराटनगरमा निःशूल्क सेमिनार हुने भएको छ ।

भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा विराटनगरस्थित होटल इष्टर्न स्टारमा जेठको दोश्रो साता उक्त सेमिनार हुने भएको हो । एसईई दिएका विद्यार्थीहरुलाई आगामी पठनपाठन र करियर छनौट सम्बन्धमा सहयोग पुर्‍याउन उक्त सेमिनारको आयोजना गरिएको जनाईएको छ । प्लस टु मा छनौट गर्नुपर्ने बिषय र कलेजका सम्बन्धमा विद्यार्थीहरुलाई स्पष्ट पार्न सेमिनारको आयोजना गरिएको कलेजका पूर्व विद्यार्थी प्रसिद्ध थापा काजीले बताए । उनले भने, ‘अहिले एसईई दिएका विद्यार्थीहरुमा प्लस टुु मा के पढ्ने ? भन्ने बिषयको अन्यौल छ । एमईएसले त्यो अन्यौलतालाई चिर्ने प्रयास गरेको हो ।’

निःशूल्क सेमिनारसँगै कलेजमा एमईएसमा प्लस टु तहमा नयाँ भर्ना समेत खुलेको जानकारी गराएको छ । प्लस टुु को विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको कलेजले जनाएको छ । करियर सम्बन्धी उचित परामर्श, दक्ष तथा अनुभवी शिक्षक, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलाप तथा प्रतिस्पर्धात्मक वातावरणमा पठनपाठनको योजनाबद्ध कार्यक्रम लगायतका सुविधाहरु एमईएसमा रहेकाले विद्यार्थीहरुले थप पठनपाठनका लागि एमईएसमा भर्ना लिन सक्ने कलेजको भनाई छ ।

जेठ १२ मा हुने उक्त सेमिनारको आयोजना भने कलेजका पूर्व विद्यार्थी समेत रहेका विराटनगरका प्रसिद्ध थापा काजीले गरेका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्