विराटनगरमा कोइराला परिवारबाट प्रमुख बन्ने तेस्रो व्यक्ति हुन् नागेश

<span class='c1'>विराटनगरमा कोइराला परिवारबाट प्रमुख बन्ने</span> <span class='c2'>तेस्रो व्यक्ति हुन् नागेश</span>

विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा विराटनगरको प्रमुखमा निर्वाचित नागेश कोइराला कोइराला परिवारबाट तेस्रो व्यक्ति हुनुहुन्छ । प्रजातन्त्रको उद्गमस्थल मानिने विराटनगरमा कोइराला परिवारबाटै बिगुल फुकिएको थियो । यस अगाडी २००७ सालमा केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरकारको प्रमुखमा नियुक्त गरिएको थियो । २०१४ सालमा गरिएको स्थानीय निर्वाचनमा केशवप्रसाद नै विराटनगर प्रमुखमा चुनिनु भएको थियो ।

वीपी कोइरालाका साँइला भाई र नेपाली काँग्रेसका नेता शेखर कोइरालाका बुबा केशवप्रसादसँगै सुरु भएको विराटनगरको प्रमुख हुने दौडका लागि अशोक कोइराला हुँदै नागेश तेस्रो व्यक्तिमा पर्नुहुन्छ ।
प्रजातन्त्रको पुनःस्थापनापछि २०४९ सालको निर्वाचनमा अशोक कोइराला प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । २०७९ मा पाँच दलिय गठबन्धनका उमेदवार बन्नु भएका नागेश कोइराला निर्वाचित हुनु भएको छ ।
कोइरालाको जन्म २०३० जेठ ३१ गते भएको हो । विद्यालय शिक्षा विराटनगरबाट लिनु भएका कोइरालाले युनिभर्सिटी अफ बोयिबा फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गर्नु भएको छ ।

विद्यार्थी कालदेखि राजनीतिमा होमिनु भएका कोइराला २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष र २०५६ मा सभापति हुनुभएको थियो । २०६६ सालमा नेपाली काँग्रेस मोरङको कोषाध्यक्ष, २०७२ मा सचिव, २०७८ सालमा जिल्ला उपसभापतिमा निर्वाचित हुनुभएको थियो । आन्तरिक पार्टी जीवनको प्रतिस्प्रर्धामा कोइराला सधैं म्यान अफ द इलेक्सन हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्