विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई सपथग्रहण ( फोटो फिचर )

विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई सपथग्रहण ( फोटो फिचर )

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।


विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथग्रहणपश्चात महानगरपालिकाका उपमेयर लगायतका जनप्रतिनिधिलाई कोइरालाले सपथ ग्रहण गराउनु भएको थियो ।

सोमबार मेयर उपमेयर लगायत १९ वटै वडाका जनप्रतिनिधीलाई महानगरपालिकाको सभाकक्षमा सपथग्रहण गराइएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका विजयी जनप्रतिनिधिलाई वीरेन्द्र सभागृहमा सपथ ग्रहण गराइएको थियो ।


तर सभागृहको अहिले मर्मतसंहारका कारण महानगरपालिका कै सभाकक्षमा जनप्रतिनिधिको सपथ ग्रहण गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्