उद्योग संगठनमा महानगरका नवनिर्वाचित मेयर, उपमेयरको स्वागत

उद्योग संगठनमा महानगरका नवनिर्वाचित मेयर, उपमेयरको स्वागत

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको सम्मानमा आज २०७९ जेष्ठ १० गते स्वागत तथा वधाई कार्यक्रम आयोजना गरेको छ ।

नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विकासलाई ध्यानमा राखी विज्ञहरुको सुझावमा आगामी कार्ययोजना तय गर्न अनुरोध गरे । औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा स्थाई सुविधायुक्त औद्योगिक प्रदर्शनी स्थल निर्माणको आवश्यकतालाई औल्याउदै अध्यक्ष प्याकुरेलले संघिय र प्रदेश सरकारको साथ र सहयोगका लागि महानगरपालिकाले सक्रिय पहल गनुपर्नेमा जोड दिए । स्वच्छ, सफा र पूर्वाधार युक्त महानगर सबै नगरवासीको रहर भएकाले महानगरको विकासमा उद्योग संगठन मोरङको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता अध्यक्ष प्याकुरेलले व्यक्त गरे ।

नवनिर्वाचित मेयर नागेश कोईरालाले नेपाल कै पहिलो औद्योगिक नगरमा रुपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्ने कार्य आफनो प्राथमिकतामा पर्ने भएकाले पाच वर्षे कार्यकालमा जसरी पनिनिर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग संचालनमा ल्याउन सके नया रोजगारीका अवसरहरु सिर्जना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत सहयोग पुग्ने वताउदै मेयर कोईरालाले त्यस्ता उद्योगहरुलाई संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट सार्थक पहल गरिने वताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उप-मेयर शिल्पा निराला कार्की, वडा नं. २ का अध्यक्ष कुमार पोखरेलको उपस्थिती रहेको थियो ।

वधाई तथा स्वागत कार्यक्रममा संगठनका पूर्व अध्यक्ष्ँ नन्दकिशोर राठी, किशोर प्रधान, अशोक मुरारका, दिनेश गोल्छा, मुकेश उपाध्याय, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, सुनिल धनावत, सौरभ सारडा, पारस लुनिया लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्