विराटनगरमा ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध आन्दोलन (फोटो फिचर )

<span class='c1'>विराटनगरमा ग्यास र इन्धनको मूल्यबृद्धि</span> <span class='c2'>विरुद्ध आन्दोलन (फोटो फिचर )</span>

विराटनगर । ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध विराटनगरमा मंगलबार सत्ता र प्रतिपक्षी दलसँग आवद्धहरुले प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवर्तमान मेयर भीम पराजुलीसहित काँग्रसका कार्यकर्ता र एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै विरोध प्रदर्शन गरेका हुन्।

विराटनगरको ट्राफिक चौकमा नेकपा एमाले निकट भातृ संस्थाहरुले विरोध गरेका छन् । युवा तथा विद्यार्थी संगठनका नेताहरुले खाना पकाउने ग्यासका सिलिण्डर टाउकोमा बोकेर प्रदर्शन गरेका छन् भने मोटरसाइकल डोहो¥याएर प्रतिकात्मक विरोध जनाएका हुन् ।

उनीहरुले ‘नाफा घाटा जान्दैनौँ, मूल्यवृद्धि जान्दैनौ, मूल्यवृद्धि सारो भो, हामीलाई जिउन गाह्रो भो’ जस्ता नारा लगाएका थिए । यसैगरी गठबन्धन सरकारको राजीनामा समेत माग गरिएको थियो । यसैगरी काँग्रेसका केन्द्रीय सदस्य पराजुली समेत ग्यास र इन्धनको मूल्य बृद्धि विरुद्ध आफ्नो पक्षका कार्यकर्ताका साथ सडकको विरोध प्रदर्शनमा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2