भारतले अक्टोबरसम्म चिनी निर्यातमा प्रतिबन्ध लगायो

भारतले अक्टोबरसम्म चिनी निर्यातमा प्रतिबन्ध लगायो

विराटनगर । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

आगामी जुन १ बाट लागु हुने गरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ । यसअघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो ।

चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ। बाँकी विभिन्न मुलुकबाट चिनी आयात गरिन्छ । भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिएको छ ।

भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो। भने कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्