बालयौन दुर्व्यवहार आरोपमा विराटनगरका एक शिक्षक पक्राउ

बालयौन  दुर्व्यवहार आरोपमा विराटनगरका एक शिक्षक पक्राउ

विराटनगर । कक्षा ५ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट एक शिक्षक पक्राउ परेका छन् । शिक्षकले गर्ने यौन दुर्व्यवहारका घटना एकपछि अर्को गर्दै बाहिर आईरहेको बेला विराटनगरमा पनि एक शिक्षकमाथि यस्तो आरो लागेको हो ।
विराटनर ४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया बालिकामाथि यौनदुर्व्यवहार गरेको घटना बाहिरिएको छ । प्रहरीले पीडितको उजुरीका आधारमा शिक्षक तेजेन्द्र कर्णलाई बुधबार नियन्त्रणमा लिइएको छ ।

गणीत विषयका शिक्षक कर्णले छात्रालाई ढेड महिना अगाडी यौन दुर्व्यवहार गरेको दावी छ । पीडितले प्रहरीमा आफुमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका कर्णले कक्षा ५ मा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेपछि उनी सबैभन्दा पछाडीको सिटमा बस्दै आएकी थिइन् । विद्यालयका विद्यार्थीका अनुसार शिक्षकले सिकाउने नाममा होस् वा अभ्यासका नाममा छात्रामाथि यौन दुर्व्यवहारको प्रयास गर्ने गर्दथे ।

‘बारम्बार कक्षाका क्याप्टेनलाई जानकारी गराउने गरेका थियौं, अफिसमा गएर जानकारी गराउँदा खासै केहि हुन्थ्यो’ एक विद्यार्थीले भने ।
पछिल्लो समय छात्रालाई यौन दुर्व्यवहार गरेपछि उनी कक्षामा एकोहोरिएकी थिइन् । घरमा पनि एकहोरो भएपछि अभिभावकको सोधखोजबाट उनी पीडित भएको खुलेको थियो । शिक्षकले बाल यौन दुव्र्यवहार गरेको खुलेपछि प्रहरी प्रशानमा पुगेका हौं, पीडितकी आमाले भनिन्, ‘घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छौं ।

पक्राउ परेका शिक्षकले यस अघि पनि पटक पटक अन्य विद्यार्थीहरुलाई पढाउने बहानामा शरिरका विभिन्न अङगहरुमा छुने गरेको विद्यार्थीहरुले बताएका छन् । घटना पहिल्यैदेखि हुँदै आएपनि विद्यालय प्रशासनको वेवास्ताले थप छात्राहरु पीडित भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्