विराटनगर १३ मा दिनदहाडै चोरी(फोटो फिचर)

विराटनगर १३ मा दिनदहाडै चोरी(फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ को वडा कार्यलय नजिकै रहेको एक घरमा चोरी भएको छ ।बिहीबार दिउसो घरमा कोही नभएको मौका छोपी स्थानिय राजकुमार आचर्यको घरमा चोरी भएको हो ।घरको ताल्चा फोडेर घरमा रहेका नगद तथा जिन्सी सामाग्री गरेर अन्दाजी ३ लाख भन्दा बढीको चोरी भएको ईलाका प्रहरी काकर्यलय रानी विराटनगरले जनाएको छ ।घरधनी राजकुमार आचर्यका अनुसार हामी विहान १० बजे सुनसरीको ईनरुवामा आफन्तको गएका थियौ, छोराछोरी पनि स्कुल गएका बेलका घर फर्केर आईपुग्दा घरमा लगाईएको ताला फोडेर चोरी भएको रहेछ ।

चोरले घरको दराजको लकहरु समेत तोडफोड गरेर नगद र सुनका गरगहना सबै चोरी भएको छ । तत्काल हामीले ईलाका प्रहरी कार्यालय रानी विराटनगरलाई खबर गरेका छौँ ।

चोरले यस अघि पनि सोही क्षेत्रमा पटक पटक चोरी हुदै आएको छ । विराटनगर वडा नम्बर १३ सबैभन्दा बढी चोरी हुने गरेको स्थानिय पारस थापाले बताउनुभयो ।
यो क्षेत्रमा प्रहरीले बढी मात्रामा रेखदेख र वडा कार्यालय सिसि क्यामारा जडान गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्