विराटनगरका युवाद्वारा स्वतन्त्र उम्मेदवारको सम्मानमा स्वतन्त्र र्‍याली आयोजना

<span class='c1'>विराटनगरका युवाद्वारा स्वतन्त्र उम्मेदवारको</span> <span class='c2'>सम्मानमा स्वतन्त्र र्‍याली आयोजना</span>

विराटनगर । देशभर विजयी भएका स्वतन्त्र उम्मेदवारको सम्मानमा विराटनगरका युवाहरुले स्वतन्त्र र्‍यालीको आयोजना गर्ने भएका छन ।

विराटनगरको सन्सारीमाइ स्थानबाट सुरु हुने पैदल र्‍यालीमा सहभागी भएर हौसला बढाउन सबै जनतालाई आग्रह गर्दै सामाजिक संजालमार्फत  युवाहरुले जानकारी दिएका छन्  ।

बालेन , हर्क लगायतका युवाहरु जसले परिवर्तनको नारालाई जनता माझ लगेर जनताबाट निर्वाचन मार्फत अनुमोदित भएर आए पछि उनीहरूलाई  आगामी दिनमा काम गर्न अझ धेरै हौसला मिलोस भन्ने उदेश्यका साथ र्‍यालीको आयोजना गरेको आयोजकले जनाएको छ   ।

जेठ १३ गते शुक्रबार दिउँसो ४ बजे देखि र्‍याली  सुरु हुने छ भने र्‍यालीलाई जनताको आवगमनलाई कुनै पनि बाधा नपुग्ने गरि व्यवस्थापन  गरिने आयोजकले जानकारी दिएका छन्   ।

र्‍यालीमा सामाजिक संजाल फेसबुकमा चर्चित ग्रुप एम आर आर ड्ब्लु आर आर लगायत अन्य स्वतन्त्रताका पक्षधर युवा संघ सस्थाको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

नेपालको झन्डा लिएर र्‍यालीमा सहरका विभिन्न भागमा पुग्दै अन्त्यमा सन्सारीमाइ स्थानमा आएर समापन हुने आयोजकले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्